विराटनगर । कोशी प्रदेश प्रहरीले ५४ तोला सुन र आठ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ । विराटनगरको रानी नाकाबाट भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र आठ केजी चाँदीसहित भारतीय नागरिक ६१ विनोद कुमार मुरारका, उनकी ५६ वर्षीया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विनोद दुगड ग्रुपका लेखापाल रहेका खुलेको छ । उनी आफ्नो घर भारतको विहार कटिहार जान लागेका थिए । तर, उनीहरुलाई प्रहरीले अवैध सुनचाँदी र ७ लाख ९५ हजार २८९ भारतीय रुपैयाँ पनि बरामद गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ