कैलाली। कैलालीमा सशस्त्र प्रहरीका हवल्दार खैरो हिरोइन सहित पक्राउ परेका छन् । टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागु औषधको ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार प्रेमसिंह सुनारलाई पक्राउ गरिएको हो । सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडामा कार्यरत थिए।
इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तीकुनियाँबाट टीकापुर आउँदै गरेका सुनारसहित लम्कीका २६ वर्षीय सागर घिमिरे पनि पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटका अनुसार १५ दिनको बिदामा घर गएका सुनारले ९१० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्वारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ