विराटनगर । प्रहरीले आधा किलो भन्दा बढी सुन र ६ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार विराटनगरबाट भारततर्फ जाँदै गरेको भ्यान जाँच गर्दा प्रहरीले ५३ तोला सुन र ६ किलो चाँदी बरामद गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट सात लाख ९५ हजार २ सय रुपैयाँ भारतीय रुपैयाँ पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार विराटनगर महानगरपालिका– १५ बाट विराटनगर– २ का ५२ वर्षीय बिमल कामत, भारत बिहार कटीहारका ६१ बर्षीय विनोदकुमार मुरारका र ५६ वर्षीया पुष्पा मुरारका पक्राउ परेका हुन् ।
विराटनगर-२ का कामत भ्यान चालक हुन् । विनोद र पुष्पा श्रीमान श्रीमती हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ बैशाख २०८०, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ