धनगढी । कैलालीमा लागुऔषध खैरोहिरोइनसहित दुई जना युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–१० पिपरौवाबाट बिहीबार साँझ एक ग्राम खैरोहिरोइनसहित सोही ठाउँका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक रहेको बताए ।
उनीहरुलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ बैशाख २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ