काठमाडौँ । नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसङ्घका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या एक सय ७९ पुगेको छ ।
दुई देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिवलाई दिएका छन्। दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनाले राष्ट्रसङ्घलगायत मञ्चमा सहकार्य र समन्वय हुने, दुई पक्षीय हितमा काम गर्ने र नागरिकस्तरको सम्बन्ध स्थापना हुने कुरामा आश्वस्त रहेको बताएका छन्।सन् १९६८ मा स्वतन्त्र मुलुकको मान्यता पाएको नाऊरु प्रशान्त महासागरको नजिक अष्ट्रेलियाको उत्तर पूर्वमा अवस्थित देश हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ बैशाख २०८०, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
अहिलेसम्मको भूमिकाबाट मुक्त हुन्छु : प्रस्तावित न्याय परिषद् सदस्य नेपाल
नेपालले अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने
रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता
टी-२० त्रिकोणात्मक सिरिज: दोस्रो खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै