चार्ल्स तृतीयको राज्यभिषेकमा सहभागी हुन पराराष्ट्रमन्त्री एनपी साउद बेलायत जाँदै

सफल खबर संवाददाता

विहीबार, २१ बैशाख २०८०, १० : ५९
चार्ल्स तृतीयको राज्यभिषेकमा सहभागी हुन पराराष्ट्रमन्त्री एनपी साउद बेलायत जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत जाँदै छन् । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि मन्त्री साउद आज बेलायत जान लागेका हुन्  । उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो  । 

स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत जान नसक्ने भए पछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो । पराराष्ट्र मन्त्री बिहान ११ बजे बेलायत प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस