पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् ।
पाण्डेले विश्वासको मत लिने भए पछि लुम्बिनी प्रदेशसभको बैठक दिउँसो २ बजे बस्दैछ ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ती गरिएको हो । उनले आज संविधानको धारा १६८ (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।
गण्डकी प्रदेशमा ६० सिट रहेको र बहुमतका लागि ३१ सिट आवश्यक पर्ने हुन जान्छ । सो प्रदेशमा मुख्यमन्त्री पाण्डेलाई समर्थन जनाउने दलको संख्या ३५ रहेको छ, जसअनुसार कांग्रेसको २७ सिट, माओवादीको ७ र एकीकृत समाजवादीको एक सिट गरी ३५ सिट रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ बैशाख २०८०, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले गरिन् छलफल
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा