मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाबाट लागू औषध गाँजासहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–४ कटुन्जेबाट लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त स्थानबाट ५ सय ११ किलो ९०० ग्राम गाँजा सहित आज बिहान प्रहरीले ४२ वर्षिय राधाकृष्ण रिजाल र ३८ वर्षिय उत्तम रिजाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
रिजाल द्वयको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक दिपक केसीको कमाण्डमा २६ जनाको प्रहरी टोली खटी गई खानतलासी गर्दा गाँजा फेला पारिएको प्रवक्ता कार्कीले बताए ।प्रहरीले उत्तम रिजालको घरबाट ६ बोरा १८४ किलो १०० ग्राम र नगद ५५, हजार ३६५ रुपैयाँ र राधाकृष्ण रिजालको घरबाट १२ बोरा ३२७ किलो ८०० ग्राम गाँजा फेला पारेको हो । उनीहरुको साथबाट प्रहरीले ५५ हजार ३६५ रुपैयाँ नगद समेत बरामद गरेको प्रवक्ता कार्किले बताए ।पक्राउ परेका दुवै जनालाई हिरासतमा राखि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ५५ किलोमिट्र पश्चिम उत्तर पर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ