काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले माओवादीको कारण मर्माहित भएको बताएका छन्।
सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएकोले मर्माहित भएको बताएका हुन्।
पत्रकार सम्मेलनमा उनले भने,‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’ कर्णालीमा आफ्नो पार्टीलाई बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहार मन नपरेको बताएका हुन्।
कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने अध्यक्ष नेपालले चेतावनी समेत दिए। प्रधानमन्त्री एवं नेकमा माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र माओवादीका प्रदेशका नेताहरुलाई सम्बोधन गर्दै माओवादीको व्यवहारप्रति आपत्ती जनाएका हुन्।
नेपालले भने, ‘प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन।’ उनले माओवादीको व्यवहारको आलोचना मात्र नभई निन्दा गर्न मन लाग्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल