काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यले श्रमिकहरूलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताएका छन् । सोमबार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी सम्बद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले श्रमिकहरूलाई निःशुल्क रूपमा शिक्षा र स्वास्थ्यको सेवा दिनुपर्ने बताएका हुन् ।
श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरुको मर्यादा, सुरक्षा र जीविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने उनले बताए । सबै श्रमिकहरूलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउनुपर्ने पनि उनले बताए ।
अध्यक्ष लिङ्देनले श्रमिकहरूलाई सूचिकृत गर्ने र परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताए । अध्यक्ष लिङ्देनले देश बाहिरबाट श्रम इजाजत बिना नेपाल आएर व्यक्तिहरूले काम गरिरहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । देशका श्रमिकहरूलाई प्राथमिकताका साथ देशभित्रै कामको अवसर दिनुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन