चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन्।
सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका हु्न्।
‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुप¥यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भने।
सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रधानमन्त्रीले बताएका छन् ।
‘सरकारकामा सहभागी हुनेबारे उहाँले पनि आफ्नो पार्टीमा सल्लाह गर्ने र मैले पनि गठबन्धनमा छलफल गर्ने र केही दिनपछि फेरि भेट्ने र एउटा टुङ्गोमा पुग्ने भनेका छौं,’ प्रधानमन्त्रीले भने,‘समर्थन फिर्ता लिने स्थिती बन्ने मैले देखेको छैन।’
छलफलमा रवि लामिछानेले पुरानै मन्त्रालयको दाबी नगरेको पनि प्रधानमन्त्रीले बताए।
‘पहिलाकै मन्त्रालय खोज्नु अस्वभाविक होइन। त्यसैमा अडिनुहुन्छ भन्नेपनि ठानेको छैन। फेरि त्यही भन्ने चाहीँ हुँदैन,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार
प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन गएनन् ओली ?
सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ