झापा। झापाको शिवसताक्षीमा एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका-६ स्थित डाँडागाँउ निवासी ६३ वर्षीया शान्तिमाया प्रधानको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६२ वर्षीय रतिलाल राजवंशी, उनकी २० वर्षीया छोरी फूलमाया र १८ वर्षीय छोरा रामकृष्ण राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
वैशाख १२ गते मंगलबार राति करिब ९ बजेको समयमा एकल महिला शान्तिमायाको हत्या गरिएको थियो । प्रहरीले उनको शव वैशाख १४ गते बेलुका घर नजिक फिलुंगेको नलले छोपिएको अवस्थामा फेला पारेका थिए ।
घरमा एकलै बस्दै आएकी उनी र रतिलालबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी रिजालले बताए । घटना भएको दिन रतिलाल दूध लिन महिलाको घर गएको र उनी दूध बेच्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटनाको थप विवरण प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ