झापा। झापाको शिवसताक्षीमा एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका-६ स्थित डाँडागाँउ निवासी ६३ वर्षीया शान्तिमाया प्रधानको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६२ वर्षीय रतिलाल राजवंशी, उनकी २० वर्षीया छोरी फूलमाया र १८ वर्षीय छोरा रामकृष्ण राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
वैशाख १२ गते मंगलबार राति करिब ९ बजेको समयमा एकल महिला शान्तिमायाको हत्या गरिएको थियो । प्रहरीले उनको शव वैशाख १४ गते बेलुका घर नजिक फिलुंगेको नलले छोपिएको अवस्थामा फेला पारेका थिए ।
घरमा एकलै बस्दै आएकी उनी र रतिलालबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी रिजालले बताए । घटना भएको दिन रतिलाल दूध लिन महिलाको घर गएको र उनी दूध बेच्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटनाको थप विवरण प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ