पाँचथर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुण्डागर्दीबाट पहिचान प्राप्त नहुने बताएका छन् । एमाले पाँचथरद्वारा फिदिममा आज आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले पहिचानको राजनीति भन्दै दौडिनेले आफ्नो समुदायको हितमा लाग्नुपर्ने बताए । उनले कोशी प्रदेश नामाङ्कनको विरुद्धमा आन्दोलनरत पहिचावादी आन्दोलनकारीहरुलाई लक्षित गर्दै भने, ‘गुण्डागर्दीबाट पहिचान प्राप्त हुँदैन ।
ओली फिदिममा रहँदा पहिचानवादी आन्दोलनकारीले अध्यक्ष ओलीको विरुद्धमा कालो झण्डा देखाउनुका साथै मसाल जुलुस प्रदर्शन गरेका थिए । कोशी प्रदेश नामकरण पहिचान विपरित रहेको र सो नामकरण हुनमा एमाले जिम्मेवार रहेको भन्दै आन्दोलनकारीले ओलीप्रति आक्रोश व्यक्त गरेका हुन् ।
अर्को प्रसंगमा ओलीले वर्तमानमा देश ओरालो लागिरहेको बताए । एमाले सरकारबाट बाहिरिए पछिको दुई वर्षको अन्तरालमा देश अधोगतितर्फ धकेलिएको उनको दाबी थियो । उनले मुलुकलाई सहि बाटोमा हिँडाउन एमालेले मात्रै सक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ बैशाख २०८०, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी