पाँचथर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुण्डागर्दीबाट पहिचान प्राप्त नहुने बताएका छन् । एमाले पाँचथरद्वारा फिदिममा आज आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले पहिचानको राजनीति भन्दै दौडिनेले आफ्नो समुदायको हितमा लाग्नुपर्ने बताए । उनले कोशी प्रदेश नामाङ्कनको विरुद्धमा आन्दोलनरत पहिचावादी आन्दोलनकारीहरुलाई लक्षित गर्दै भने, ‘गुण्डागर्दीबाट पहिचान प्राप्त हुँदैन ।
ओली फिदिममा रहँदा पहिचानवादी आन्दोलनकारीले अध्यक्ष ओलीको विरुद्धमा कालो झण्डा देखाउनुका साथै मसाल जुलुस प्रदर्शन गरेका थिए । कोशी प्रदेश नामकरण पहिचान विपरित रहेको र सो नामकरण हुनमा एमाले जिम्मेवार रहेको भन्दै आन्दोलनकारीले ओलीप्रति आक्रोश व्यक्त गरेका हुन् ।
अर्को प्रसंगमा ओलीले वर्तमानमा देश ओरालो लागिरहेको बताए । एमाले सरकारबाट बाहिरिए पछिको दुई वर्षको अन्तरालमा देश अधोगतितर्फ धकेलिएको उनको दाबी थियो । उनले मुलुकलाई सहि बाटोमा हिँडाउन एमालेले मात्रै सक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ बैशाख २०८०, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली