झापामा ६० वर्षीया महिला बलात्कृत

सफल खबर संवाददाता

शनिबार, १६ बैशाख २०८०, १६ : २९
झापामा ६० वर्षीया महिला बलात्कृत

झापा । झापामा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका-९ बाईस बिगे बस्ने ६४ वर्षीय शेर बहादुर नाल्बोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

नाल्बोले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस