काठमाडौं । काठमाडाैं र झापाबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं स्वयम्भू बस्ने ३७ वर्षीय कर्मा घलेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।घलेले ती किशोरीलाई काठमाडौं बौद्ध तिनचुलीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाकाे गौरादह नगरपालिका-६ बिरबल चोक बस्ने ५१ वर्षीय देव कुमार ताजपुरीयालाई प्रहरीले पक्राउ गरेको छ । ताजपुरीयाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोहबराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ बैशाख २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ