बैतडी । बालिका बलात्कारको आरोपमा बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका ७० वर्षीय वृद्ध रहेका छन् ।पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए ।गत पुसमै बालिकामाथि बलात्कार भएको भए पनि आरोपित वृद्धले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिँदै आएकाले ढिला गरी घटना बाहिरिएको हो ।
पीडित बालिकाकी आमाले वृद्धको नाममा जाहेरी दिएपछि उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।उनीमाथि जबर्जस्तीकरणीसम्बन्धी मुद्दा दर्ता भइ १० दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरी निरीक्षक चौधरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ