काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार पनि बस्दैछ।
बैठक बानेश्वरस्थित संसद भवनमा आज बिहान १० बजे बस्न लागेको हो।
सोमबारको बैठकमा केही सांसदले आफ्नो धारणा राख्न बाँकी रहेकाले आजका लागि बैठक बाेलाइएकाे हाे।
आजको बैठकमा पनि आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे छलफल हुनेछ।
हिजोको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेका थिए। उनले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएका थिए।
बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका बिपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए।
आर्थिक वर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हँदैछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै