काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार पनि बस्दैछ।
बैठक बानेश्वरस्थित संसद भवनमा आज बिहान १० बजे बस्न लागेको हो।
सोमबारको बैठकमा केही सांसदले आफ्नो धारणा राख्न बाँकी रहेकाले आजका लागि बैठक बाेलाइएकाे हाे।
आजको बैठकमा पनि आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे छलफल हुनेछ।
हिजोको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेका थिए। उनले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएका थिए।
बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका बिपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए।
आर्थिक वर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हँदैछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी
मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति कांग्रेसको आपत्ति
एकताका लागि काँग्रेस खड्का समूहको शर्त-पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन