काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १६ खर्ब रुपैयाँ बराबरको मात्र आउने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार पार्टीको संसदीय दलको कार्यालयमा बजेट सम्बन्धी ब्रिफिङ गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारको स्रोत खुम्चिएको अवस्थामा खर्चको दायरा समेत घटाउनुपर्ने बाध्यताकाबीच आगामी आर्थिक वर्षको बजेट १६ खर्बको सीमा झार्न लागिएको डा.महतको भनाइ छ ।
उसो त आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको निश्चित सीमाभित्र रहेर बजेट ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन गरिसकेको छ । यो चालू आर्थिक वर्षको बजेटभन्दा १ खर्ब ५ अर्ब रुपैयाँले कम हो । चालू आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । तर, आर्थिक वर्षको ९ महिना वितिसक्दा समेत सरकारले मुस्किलले ५३ प्रतिशत बजेट खर्च गर्न सकेको छ भने यता राजस्व ५० प्रतिशत उठ्न सकेको छ ।
खर्चको स्रोत घटेसँगै सरकारले आगामी आर्थिक वर्षको बजेटमा साना फुटकर आयोजनाहरुको खर्च कटौती गर्ने नीति लिने अर्थमन्त्री डा.महतको भनाइ छ । प्राथमिकतामा रहेका र बहुवर्षीय ठूला आयोजनाहरुलाई निरन्तरता दिएर स्रोत अपुग आयोजनाहरुलाई स्थगित गरिने समेत अर्थमन्त्री डा.महतले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन