एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले छैटौँ खेलमा पहिलो जीत निकालेको छ। बिहीबार राति भएको खेलमा दिल्लीले कोलकाता नाइटराइडर्सलाई ४ विकेटले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो।
दिल्लीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १२७ रन मात्र बनाउन सक्यो। उसका लागि ज्यासन रोयले ४३ रन बनाउँदा आन्द्रे रसेल ३८ रनमा अविजित रहे। उनीहरू बाहेक मन्दीप सिंहको १२ रन थप दोहोरो स्कोरका रुपमा रहेको थियो।
कोलकातालाई सस्तैमा समेट्ने क्रममा दिल्लीका लागि इशान शर्मा,एनरिच नोर्तेज, अक्षर पटेल र कुलदिप यादवले समान २-२ विकेट लिएका थिए।
१२८ रनको लक्ष्य पछ्याएको दिल्लीले ४ बल बाँकी हुँदा ६ विकेट गुमाएर जित हासिल गरेको थियो। उसका ओपनर डेभिड वार्नरले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा मनिस पाण्डेले २१ रन बनाए।
त्यस्तै, अक्षर पटेल १९ रनमा अविजत रहेका थिए। त्यस्तै, ओपनर पृथ्वी साले १३ रन बनाए। दिल्लीको छैटौँ खेलमा पहिलो जीत हो भने कोलकताको यो जारी लिगमा लगातार तेस्रो तथा समग्रमा चौंथो हार हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ बैशाख २०८०, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइपिएल फाइनल वर्षाले प्रभावित, सोमबार पुन हुने
गुजरातलाई हराउँदै चेन्नाई आइपिएल क्रिकेटको फाइनलमा प्रवेश
राजस्थानमाथि गुजरातको सहज जित
आइपिएल इतिहासकै दोस्रो उच्च योगफल बनेको खेलमा लखनउको सहज जित