काठमाडौं । धरान उपमहानरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङविरुद्ध वडाध्यक्षहरुले खानेपानी सहयोग अभियानविरुद्ध उजुरी हालेका छन् ।केही वडाध्यक्षहरु मिलेर आफूले चलाउँदै आएको खानेपानी सहयोग अभियानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको मेयर साम्पाङले बिहीबार साँझ फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘केही वडाध्यक्षहरु अख्तियार गएर हाम्ले चलाइराको खानेपानी सहयोग अभियानको विरुद्ध मलाई उजुरी लाएछन् ! केही ख्याँस्दैन ।’मेयर साम्पाङले बिहीबारै विज्ञप्ति जारी गरेर बिना कुनै कारण महिनैदेखि कार्यपालिका बैठक बहिष्कार गर्ने वडाध्यक्षहरुलाई राजीनामा बुझाएर मार्ग प्रशस्त गरेर धरानवासी र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध गरेका छन् ।
मेयर साम्पाङद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो । यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन यो वाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु । कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय अभ्यासमा परिपक्वता आवश्यक: हर्क साम्पाङ
आलोचना गर्नेलाई हर्क साम्पाङको जवाफ: 'हामी क्युआर पार्टी नै हौं'
हर्क साम्पाङको प्रश्न : ‘म बालेनसँग मिले जनताले कस्तो प्रतिक्रिया देलान् ?’
हर्क सङपाङको प्रश्न- यो देश ढुंगाहरूको हो या मान्छेको ?
सदनमा रक्षामन्त्रीलाई देखिएन, बोलाइयोस्: हर्क साम्पाङ
प्रधानमन्त्रीको अभिव्यक्तिबारे हर्क साम्पाङको प्रतिक्रिया : रेकर्ड हट्ने विश्वास, आन्दोलन जारी