काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार १५.७३ अंकले घट्दै १९०४.४० विन्दुमा झरेको छ । यो ०.८२ प्रतिशतको गिरावट हो । बिहीबार कारोबार रकम समेत घटेको छ । बिहीबार ९८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार २६७ धितोपत्रको २३ हजार २६५ कारोबारबाट ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच भएको छ । आज सबै उपसूचक घटेको छ ।
कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोको मूल्य सबैभन्दा धेरै सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । सनराइज ब्लूचिप फण्ड, सनराइज फस्ट म्यूचअल फण्ड र एभरेष्ट बैंकको मूल्य धेरैले बढेको छ ।
एनएमबी सुलभ इन्भेष्टमेन्ट र आदर्श लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । एनआईसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार