काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलिय जनवाद भनेको पुँजीवादी यथास्थितिवाद रहेको बताएका छन। बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले अहिले पनि पुनःउत्थानवादीहरुको धारा देशमा रहेको भन्दै फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलन भित्रबाट बडार्न जरुरी रहेको बताए । उनले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने बताए ।
उनले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेको भन्दै उनीहरुसँग वैचारिक संघर्षहरु गर्नुपर्ने बताए । उनले दक्षिणपन्थी अवसरवादी धाराबाट समाजको अग्रगति सम्भव नरहेको जिकिर गरे।
सम्मानित नेता खनालले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु अर्को चुनावमा पहिलो विद्यार्थी पार्टी बन्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल