काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।धनगढीको एक कार्यक्रममा सहभागी हुन भारतको स्थलमार्ग हुँदै नेपाल आएका प्रमुख चौथाइवाले वैशाख ३ गते धनगढीको कार्यक्रम सकाएर काठमाडौँ आएका थिए । सो क्रममा उनले आज उपप्रधानमन्त्री श्रेष्ठलाई भेटेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठसँगको भेटमा दुई देश बीचको सम्बन्ध तथा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा छलफल भएको बताइएको छ । उनले प्रधानमन्त्री प्रचण्डलगायतसँग समेत भेटवार्ता गरेर दिल्ली फर्किने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता
मन्त्री घिसिङ र स्विस राजदूतबिच भेटवार्ता
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिबिच भेटवार्ता
प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता