काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विगतमा पूर्वसभामुखको हैसियतमा लिएको सरकारी सुविधाको गाडी फिर्ता नगरेको पाइएको छ ।
पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए । तर, उनले पूर्वसभामुखको हैसियतमा संसद सचिवालयबाट लिएको गाडी ५ वैशाखसम्म फिर्ता गरेका छैनन् । संसद सचिवालयका सहसचिव सुरजकुमार दुराका अनुसार उक्त गाडी फिर्ता गराउन पहल गरिरहेको बताए ।
‘हामीले पहल गरिरहेका छौं । हामीलाई गाडीको अभाव छ भनेर मागिरहेका छौं । तर, के कारणले ढिलो गर्नुभयो थाहा छैन’ उनले भने । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा सवारी साधन तथा इन्धन सुविधा सम्बन्धी व्यवस्था छ । ऐनको दफा ७ को उपदफा ३ मा भनिएको छ, ‘पदाधिकारीले यस दफा बमोजिम पाउने सवारी साधन आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म प्रयोग गर्न सक्नेछ ।’
तर, व्यवहारिक रुपमा गाडी फिर्ताका लागि १५ दिनसम्म समय दिँदै आएको संघीय संसद सचिवालयका कर्मचारीहरु बताउँछन् । पौडेल राष्ट्रपति निर्वाचित भएको ४० दिन पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको भाग्य र भविष्य कोर्न युवाहरूलाई राष्ट्रपतिको सुझाव
राष्ट्रपति पौडेलले गरे रक्षाबन्धन ग्रहण
चाडपर्वहरूले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउँछन् : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
राष्ट्रपति पौडेलले गरे एक विधेयक प्रमाणीकरण
प्रदेश पूर्वप्रमुख गुरुङको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त