एजेन्सी । अमेरिकाको म्यानहट्टनमा नक्कली चिनियाँ प्रहरी चौकी सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
यो गिरफ्तारी म्यानहट्टनको चाइनाटाउन क्षेत्रमा भएको हो। पक्राउ परेका व्यक्ति चिनियाँ मूलका नागरिक हुन् र उनी न्यूयोर्क सहरमा बस्छन्।
दुवैलाई चिनियाँ एजेन्टको रूपमा षड्यन्त्र र न्यायमा अवरोध गरेको आरोप लगाइएको छ। उनलाई सोमबार ब्रुकलिनको संघीय अदालतमा पेश गरिएको थियो।
चीनले यस्ता प्रहरी चौकीहरू सञ्चालनमा आफ्नो हात नभएको पटक-पटक भनिसकेको छ।
सोमबार अमेरिकी न्याय विभागले चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको तर्फबाट ६१ वर्षीय लु जियानवाङ र ५९ वर्षीय चेन जिनपिङले म्यानहट्टनमा पहिलो विदेशी प्रहरी चौकी खोल्ने प्रयास गरेको बताएको थियो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०५ बैशाख २०८०, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका–इरानबीच फेरि सैन्य आक्रमण
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण