सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेको संगठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरूट) अभियानको कर्णाली प्रदेशस्तरीय समीक्षा बैठक आजदेखि सुरू भएको छ ।
सोमबारबाट सुरु भएको एमाले कर्णाली प्रदेश संगठन कमिटीको संयोजन रहेको समिक्षा बैठक भोलिसम्म चल्ने छ । बैठकमा कर्णालीका दशवटै जिल्लामा खटिएका केन्द्रिय प्रतिनिधिहरू र जिल्ला अध्यक्षले रिपोर्टिङ गर्ने नेकपा एमाले कर्णाली प्रदेश संगठन कमिटी सुर्खेतल जानकारी दिएको छ ।
बैठकमा नेकपा एमालेका उपाध्यक्ष सुवास नेवाङ, महासचिव शंकर पोख्रेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, स्थायी कमिटि सदस्यहरु यामलाल कंडेल, गोरखबहादुर बोगटी, विन्दा पाण्डे र शिवमाया तुम्बाहाम्फेको उपस्थिति रहेको छ ।
केन्द्रीय र जिल्ला प्रतिनिधिहरुले रिपोर्टिङ गरिसकेपछि केन्द्रीय नेताहरुले आफ्नो धारणा राख्नेछन् । एमालेले संगठन सुदृढीकरणका लागि मंगलबारसम्म मिशन ग्रासरुट अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत केन्द्रीय सदस्यहरुलाई गाउँपालिका तथा नगरपालिकामा खटाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)