रौतहटमा जग्गा सम्बन्धी विवाद हुँदा गोली हानाहान, १ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०२ बैशाख २०८०, २० : ३०
रौतहटमा जग्गा सम्बन्धी विवाद हुँदा गोली हानाहान, १ जनाको मृत्यु

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा दुई समूहबीच झडप हुँदा गोली चलेको छ । जग्गासम्बन्धी विवादलाई लिएर भएको झडपमा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

गढीमाई नगरपालिका– ८ धोबिनियामा उक्त घटना भएको हो । रौतहट प्रहरीका अनुसार झडपमा गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको हो । अवैधा हतियारबाट उक्त गोली चलेको हो भने गोली चलाउने मान्छेको पहिचान हुन सकेको छैन ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस