काठमाडौँ । थाइल्याण्ड र कम्बोडियाको सीमामा झडप भएको छ । आज बिहानदेखि विवादित सीमामा दुई देशका सेनाहरूबीच गोली हानाहान भएको हो। हालसम्म कम्बोडियाले थाई गाउँको बीचमा दुईवटा २१ रकेट प्रहार गर्दा दुई जना मृत्यु भएको एक थाई अधिकारीले सार्वजनिक प्रसारक थाईलाई बताएका छन्।
सुरिन प्रान्तको काब चोएङका प्रमुख जिल्ला अधिकारीले कि कम्तिमा दुई जना घाइते भएका जानकारी दिए । ८६ गाउँका ४० हजार मानिसहरूलाई सुरक्षाको लागि आश्रयस्थलमा सारिएको छ। कम्बोडियाको तर्फबाट हाताहतीको खबर आइसकेको छैन ।
विवादित सीमामा हतियारधारी कम्बोडियन सैनिकहरूसँग भिडन्त हुँदा गोली चलाएको दाबी थाई सेनाले गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । तर कम्बोडियनहरूले भने थाईहरूले पहिले आफ्नो हतियार चलाएको बताएका छन् ।
थाइल्याण्डले कम्बोडियन राजदूतलाई निष्कासन गर्ने र नोम पेन्हबाट आफ्नो फिर्ता बोलाउने निर्णय गरिसकेको छ । कम्बोडियन शक्तिशाली हुन सेनले विवादित सीमाको बारेमा थाई प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा बीचको फोन वार्ता लीक गरेपछि वाकयुद्ध बढ्दै गएको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ साउन २०८२, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'फोन कल लिक' भएपछि थाइल्याण्डमा प्रधानमन्त्रीविरुद्ध ठूलो विरोध प्रदर्शन
मिस वर्ल्ड २०२५ को उपाधि थाइल्याण्डकी चुआंगश्रीलाई
थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई स्वागत(तस्बिरहरु)
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान
नेपालले आज थाइल्याण्डसँग खेल्दै
महिला टी-२०आई शृंखलामा नेपालको दोस्रो हार