चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले वैशाख १० गते हुने चुनावमा घाम, पानी र असिनाको परवाह नगरी मतदानमा सहभागी हुन आग्रह गरेका छन् । आगामी दिनको राजनीतिलाई समेत दिशानिर्देश गर्ने भएकोले वैशाख १० को उपनिर्वाचनको महत्व रहेको उनले बताए ।चितवनमा चुनाव प्रचार अभियानमा आयोजित कार्यक्रमलाई शनिवार दिउसो सम्वोधन गर्दै लामिछानेले जस्तोसुकै परिस्थितिमा पनि भोट हाल्न जान अग्रह गरेका हुन् । ‘यहाँ विभिन्न खालका गाइँगुइँ सुनिरहेको छु, घाम, पानी असिना परेपनि भोट हाल्नु होला’ लामिछानेले भने ।
राजनीतिक शुद्धिकरणमार्फत देशको मुहार फेर्ने योजनामा आफू विचलित नभइ लागिपरेको उनले बताए । ‘म घर घर आउन पाएको छैन, नेता भन्दापनि नीति घर घर पुगोस भन्ने हाम्रो राजनीतिक सिद्धान्त हो’ लामिछानेले भने, ‘बिरामी भेट्न भन्दै स्याउ, केरा बोकेर घर आउने होइन, राम्रो अस्पताल बनाउने र त्यहीँबाट सेवा दिनुपर्छ भन्ने हाम्रो राजनीतिको सिद्धान्त हो ।’ वैशाख १० को उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि तीव्र बनेका छन् ।चितवनमा रविका प्रतिस्पर्धी एमालेका रामप्रसाद न्यौपाने र कांग्रेसका जीतनारायण श्रेष्ठ छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ बैशाख २०८०, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि