तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तनहुँ–१ राजनीतिक रुपमा चेतनशील र क्रिशालील क्षेत्र भएको बताएका छन् । घरघरमा बच्चा जन्मिँदासमेत कांग्रेस जन्मियो कि कम्युनिस्ट भनेर चर्चा हुने ठाउँमा डा स्वर्णिम वाग्लेलाई बोकेर पार्टी मैदानमा खडा भएको उनको भनाइ छ । ‘तनहुँ–१ राजनीतिक रुपमा असाध्यै चेतनशील अथवा राजनीतिक रुपमा क्रियाशील ठाउँ हो’, बिहीबार तनहुँको आँबुखैरेनीमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले भने, ‘घरघरमा मान्छेहरु छोरा जन्मियो कि छोरी भन्ने भन्दा पनि कांग्रेस जन्मियो कि कम्युनिस्ट जन्मियो भनेर भनिने राजनीतिक रुपमा असाध्यै घोलिएको ठाउँमा हामी ठाउमा हामी स्वर्णिम वाग्लेलाई बोकेर आएका छौँ ।’
उनले आफ्नो पार्टी कसैविरुद्ध नरहेको भन्दै गरिबी, अशिक्षा, भ्रष्टाचार र बेथितिविरुद्ध भने दुुस्मन भएको बताए । उनले आफ्नो पार्टी आम नागरिकको मित्र भएको उल्लेख गर्दै देश बनाउन आएको बताए ।
उनले उपनिर्वाचन योग्यता र क्षमता भएकाहरुलाई अघि बढाउने अवसर भएको भन्दै डा स्वर्णिमलाई जिताउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० चैत्र २०७९, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि