काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई जोडेर नकारात्मक प्रचार भएको भन्दै आक्रोश पोखेका छन् । उनले निकिताबारेको पोस्ट नहटाइए कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत लामिछानेले बिना आधार र प्रमाण गरिएको आक्रमणको हिसाब राखेको पनि बताएका छन् ।
‘एक आफैमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगतिबाहेक राजनीतिमा केही लिनुदिनु छैन, कायरहरु उसमाथि खनिएका छन्’, उनले भनेका छन्, ‘बिना आधार, बिना प्रमाण कायरतापुर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं।’
उनले अगाडि भनेका छन्, ‘निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौँ।’
बिना कारण बद्नामी र तनाव सहनु परेको भन्दै लामिछानेले भनेका छन्, ‘न पिर गर, हामी यो घेराबन्दी तोड्नेछौ, हामी जित्नेछौं।’
रास्वपाबाट कारबाहीमा परेका ढाका कुमार श्रेष्ठले ‘कोर टीम’बारे खुलासा गर्ने बताएपछि सामाजिक सञ्जालमा पौडेलसमेतलाई जोडेर प्रचार भएको थियोे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० चैत्र २०७९, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल