जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सफल खबर संवाददाता

बुधबार, २९ चैत्र २०७९, १४ : ३०
जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

तेह्रथुम । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-६ सुदाप बस्ने ६२ वर्षीय गोपाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । 

गुरूङले ती महिलालाई ललाई फकाई गत भदौदेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस