काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले बिक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा उक्त आईपीओ फागुन २५ गते देखि चैत ९ गतेसम्म बिक्री खुला गरेको थियो ।समयभित्रमा आवेदन दिने स्थानीयहरूमा ३ लाख ९२ हजार १५७ कित्ता सेयर बाँडफाँड गरिएको छ ।
कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि बिक्री गरेको हो ।त्यस्तै सर्वसाधारणमा निष्कासन हुने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता सेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरिएको छ ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालंगा हाइड्रोको आईपीओ बाँडफाँड
स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट