चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो । रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको छ ।
आगोले हलका फुसको छानो जलेर नस्ट भएका छन् । अहिले भित्रका फर्निचर र अन्य सामाग्रीमा आगो लागेको छ । आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल पुगेका छन् ।
इलाका प्रहरी कार्यालय गीतानगरको टोलीले दमकल र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने