काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घुस मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो प्रकरणमा सांसद ढाकाकुमार श्रेष्ठलाई बुधबार कारबाही गर्ने तयारी गरेको छ।
पार्टीको अनुशासन समितिले मंगलबार सांसद श्रेष्ठसँग एक घण्टा बयान लिएको थियो। समितिले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।
बयानका क्रममा पनि सांसद श्रेष्ठले अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको दावी गरेका थिए। तर उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन्।
पार्टीनिकट स्रोतका अनुसार सांसद श्रेष्ठलाई त्यही सिफारिसका आधारमा आज बस्ने केन्द्रीय समितिको बैठकले साधारण सदस्यबाट निष्कासन गर्नेछ। पार्टीबाट निष्कासन भएपछि उनको सांसद पद स्वतस् नै जानेछ।
सांसद ढाकाको सचिवालयले विज्ञप्ति जारी गर्दै अडियो वास्तविक नभइ नियोजित रूपमा षड्यन्त्र भएको जनाएको थियो। आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो कपुरबोट डटकमले सार्वजनिक गरेको थियो। सोमबार पनि दुर्गासँग आफ्नो सांसद पद बचाइदिन अनुरोध गरेको ढाकाको अर्को अडियो सार्वजनिक भएको थियो।
यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अडियो प्रकरणमा अनुसन्धान सुरु गरेको छ। रास्वपाका सभापति रवि लामिछानेले अडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। रास्वापाले सांसद ढाकालाई निलम्बन गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा संसदीय दलको बैठक बस्दै, यस्तो छ एजेन्डा
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने
संविधान संशोधनमा रास्वपाको उल्टो कदम : बहसअघि कार्यदल, दलहरू अन्योलमा
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन