काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डलाई निम्ता दिएका छन् । काठमाडौँ आएका बेला उनले आधिकारिक पत्रसहित श्रमदानका लागि निम्ता दिएका हुन् ।
धरानमा खानेपानीको समस्या समाधानका लागि चलिरहेको श्रमदान अभियानमा सहभागिताका लागि उनले पत्रमार्फत अनुरोध गरेका छन् ।
‘दशकौँ पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या र आपूर्तिको अवस्था र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु’, उनले पत्रमा भनेका छन् ।
पत्रमार्फत उनले धरानको विकासका साथै र संक्षिप्त चिनारी पनि गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजनबिनाको मान्छेलाई नेता नसम्झनु ! त्यो ठग हो: हर्क साम्पाङ
मन्त्री यादवलाई हर्कको जवाफः म फर्किएपछि बर्बराएको सुहाएन, काम गरेर देखाऊ, बधाइ दिनेछु
खानेपानीको समस्या लिएर मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
प्रहरीले खोस्यो हर्कको गाग्री
हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक मेयरको जिम्मेवारी