काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना प्रहरी नायब महानिरीक्षक (डिआइजीपी)को काज सरुवा गरेको छ ।
प्रहरी प्रवक्तासमेत रहेका डिआइजीपी पोषराज पोखरेलको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा र योजना तथा अन्वेषण निर्देशनालयका रामदत्त जोशीलाई विशेष ब्यूरोमा सरुवा गरेको हो ।
पोखरेलको सरुवा भएसँगै प्रहरी प्रवक्ताको जिम्मेवारीसहित प्रहरी महानिरीक्षकको सचिवालयमा डीआइजीपीको पद रिक्त भएको छ भने जोशी जिम्मेवारी सम्हालिरहेको अन्भेषण निर्देशनालय पनि रिक्त भएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार केही दिन भित्रमा नै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजीपीमा बढुवा गर्ने तयारी भइरहेकाले रिक्त रहेका स्थान बढुवापछि पदपूर्ति हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ चैत्र २०७९, २१ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)