चितवन।चितवन क्षेत्र नं २ का उमेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोधेको स्पष्टिकरणको जवाफ पेश गरेका छन् । लामिछानेले खामबन्दी गरेर पठाएको स्पष्टिकरणको जवाफलाई कार्यालयले सोमबार निर्वाचन आयोगमा पठाएका छन् ।‘उनले सोमबार स्पष्टिकरणको जवाफ पठाएका थिए । हामीले यहाँबाट पनि सोमबार नै निर्वाचन आयोगमा पठाएका छौँ’, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले भने, ‘उजुरी र स्पष्टिकरणको जवाफलाई खामबन्दी गरेर हुलाकमार्फत पठाएका हौँ ।’
युवराज पौडेल (सफल)ले दर्ता गरेको उजुरीका आधारमा कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेलाई ७ दिनको समय दिएर स्पष्टिकरण सोधेको थियो । लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुनः नागरिकता लिएको भन्दै चैत २२ गते पौडेलले इमेलमार्फत निर्वाचन अधिकृतको कार्यालयमा उजुरी हालेका थिए ।रविविरुद्ध परेको अन्य तीन वटा उजुरीमाथि भने दाबी विरोध नपुग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको थियो । अमेरिकी स्थायी आवासिय अनुमति पत्र त्यागेको तीन महिना नपुग्दै रविले उमेदवारी दिएको भन्दै उजुरी परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ चैत्र २०७९, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि