मोरङ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागू औषध (खैरो हेरोइन) सहित युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–६ बस्ने २२ वर्षीय राहुल बिक छन् ।
आरोपीको साथबाट प्रहरीले १ ग्राम ९४ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । राहुलले सो हेरोइन ४० वर्षीय विमल बहादुर कटवालले बोक्न दिएको बयान दिएका छन् । राहुलको बयानका आधारमा राहुललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ चैत्र २०७९, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो
भिरबाट लडेर एक युवकको मृत्यु
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला