काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको बलात्कार मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।निरन्तर पेसीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन। चैत २२ गते सुनुवाइ हेर्न नभ्याइने हुँदै स्थगित भएपछि पुनः आजलाई पेसी तोकिएको हो ।यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो ।
तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। उच्चले काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान प्रतिबन्ध लगाएकोमा सर्वोच्चले प्रतिबन्ध फुकुवा गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ चैत्र २०७९, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लंका प्रिमियर लिगमा सन्दीप लामिछाने जाफ्ना किङ्समा अनुबन्धित
एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त