काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जातीय राजनीतिमा दलहरु केन्द्रित हुँदै गएकोले श्रमिकका मुद्दाहरु ओझेलमा परेको बताएका छन् ।कोइरालाले सबै स्वार्थ छाडी ‘राष्ट्र पहिला’ भनेर अगाडि बढ्नुपर्ने समय आएको बताए ।
कोइरालाले कांग्रेस पार्टीभित्र आफूले धेरै कुरा गर्न चाहेपनि अवसरवादी हावी हुँदा केही गर्न नसकेको बताए । उनले अवसरवादीहरु बाट चनाखो रहन समेत कार्यकर्ताहरुलाई आग्रह गरे ।काठमाडौँमा आयोजित नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले विश्व राजनीतिमा श्रमिकको अधिकार कटौती गर्ने क्रम सुरु भएको त्यसमा सचेत हुने समय आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ चैत्र २०७९, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाको प्रतिबद्धता : ‘सुकुमवासी व्यवस्थापन र विराटनगर विकासलाई प्राथमिकता’
‘सुन्दरहरैंचालाई अझै सुन्दर बनाउने जिम्मा मलाई छोड्दिनुस्’ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले गराए मोरङ-६ मा मनोनयन दर्ता
‘सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु’: डा. शेखर कोइराला
डा. शेखर कोइरालाको निर्देशन : ‘काँग्रेस निर्वाचनमा जान आतुर छ, तयारीमा लाग्नुस्’
संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन गर्नुको विकल्प छैन: डा. शेखर कोइराला