काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जातीय राजनीतिमा दलहरु केन्द्रित हुँदै गएकोले श्रमिकका मुद्दाहरु ओझेलमा परेको बताएका छन् ।कोइरालाले सबै स्वार्थ छाडी ‘राष्ट्र पहिला’ भनेर अगाडि बढ्नुपर्ने समय आएको बताए ।
कोइरालाले कांग्रेस पार्टीभित्र आफूले धेरै कुरा गर्न चाहेपनि अवसरवादी हावी हुँदा केही गर्न नसकेको बताए । उनले अवसरवादीहरु बाट चनाखो रहन समेत कार्यकर्ताहरुलाई आग्रह गरे ।काठमाडौँमा आयोजित नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले विश्व राजनीतिमा श्रमिकको अधिकार कटौती गर्ने क्रम सुरु भएको त्यसमा सचेत हुने समय आएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ चैत्र २०७९, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाले बोलाए आफू निकटका सांसदहरूको बैठक
गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नैतिकता देखिन्छ : डा. शेखर कोइराला
‘महाधिवेशन टार्न खोज्ने काम आत्मघाती’ हुनेछः शेखर कोइराला
०८४ को चुनावपछिको महाधिवेशन स्वीकार्य हुँदैन : डा. शेखर कोइराला
दुई तिहाइ पुर्याएर संविधान संशोधन गर्दिन्छौं भन्नु गलत : शेखर कोइराला
राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा. कोइराला