सुर्खेत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले माओवादीलाई पुनर्गठनबारे सोच्नुपर्ने बेला आएको बताएका छन् । देश माओवादीकै एजेन्डामा चलिरहेपनि पार्टी कमजोर भइरहेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने शर्माको भनाइ छ । शुक्रवार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै शर्माले सबैभन्दा पहिला माओवादीभित्रको बेरोजगारी अन्त्य गर्नुपर्ने बताए ।
‘पहिले माओवादी भित्रको बेरोजगारीलाई अन्त्य गरेर मात्रै हाम्रो समग्र देशको बेरोजगारीको अन्त्य गर्न सक्छौँ,’ उनले भने, ‘पार्टीभित्रको बेरोजगारी अन्त्य गर्नका लागि सबै नेता, कार्यकर्ता उत्पादनमा जोडिनुपर्ने हुन्छ । यो बाहेक माओवादीसँग अर्को विकल्प छैन ।’ शर्माले माओवादी कुनै सेल कमिटी नरहेकाले अब उत्पादनको सेल कमिटी हुनुपर्ने बताए । उनले थपे,‘कुनै पालिका कमिटी होइन माओवादी, पालिकाको उत्पादन कमिटी हुनुपर्छ भन्ने बुझाइलाई आत्मसात् गर्नुपर्ने छ ।’ वर्तमान अवस्थामा माओवादी र जनताबीच बेमेल रहेको माओवादीको निष्कर्ष छ ।
शर्माले आफू यो कार्यकालमा मन्त्री नहुने र पार्टी निर्माणमा लाग्ने कुरा चुनावताका नै बोलिसकेको बताए । शर्मा बिहीबार संगठन विभागको कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ चैत्र २०७९, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु' : जनार्दन शर्मा
पार्टी फुट्ने हल्ला भ्रमको खेती मात्रै हो, महाधिवेशनबाट पुनर्गठन हुन्छ: जनार्दन शर्मा
मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए: जनार्दन शर्मा
जलविद्युत उत्पादकहरूको सरकार र अदालतले घाँटी समाउनु हुँदैन: जनार्दन शर्मा
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : जनार्दन शर्मा
नीतिगत कुरा राम्रो भए पनि बजेटमा आलोचना आवश्यक छ : जनार्दन शर्मा