पोखरा। माघ ९ गतेदेखि बेपत्ता पोखराका विश्वबहादुर गुरुङको शव भेटिएको छ।गुरुङको शव सेती नदीमा भेटिएको हो । गरूङले माघ ९ गते सेतीमा हाम फालेका थिए। ४४ गुरुङ कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्थे ।
मंगलबार ३१ वर्षीय अल्का गुरुङले केआई सिंह पुलबाट हाम फालेपछि खोजी कार्य गर्ने क्रममा गुरुङको शव भेटिएको सशस्त्रको गोताखोर सशस्त्रले जनाएको छ ।मंगलबार पोखरा महानगरपालिका १६ को केआई पुलबाट लामाचौर बस्ने अल्का नदीमा हाम फालेकी थिइन् । सशस्त्रको गोताखोरसहितको टोली उद्धारका लागि गएको थियो। अल्काको खाजी कार्य गर्ने क्रममा अर्को शव भेटिएको सशस्त्रले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ चैत्र २०७९, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला