काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले गति लिन नसकेको बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले सरकारले दौडिन सुरु गरिनसकेको बताए ।‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ । तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ,’ उनले भने, ‘नागरिकमा भरोसा जगाउन सरकारले दौडिन सुरु गरेर गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु गर्यो भन्ने महसुस गराउन सक्नुपर्छ।
’यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको महामन्त्री थापाको गुनासो छ । राष्ट्रपति, प्रधानमन्त्रीले अत्यावश्यकबाहेक खर्च कटौती सुरु गर्नुपर्ने उनको सुझाव छ ।‘प्रधानमन्त्रीले भन्न सक्नुपर्छ, राष्ट्रपतिले भन्न सक्नुपर्छ, सचिवालयमा १२–१५ जना सल्लाहकार राख्ने सुविधा दिएको छ, म ३ जना वा ५ जना राख्छु’, महामन्त्री थापाले भने, ‘अत्यावश्यक बाहेक खर्च कटौती गर्दैछौं ।’विकास खर्च पहिलाभन्दा सुधार गर्छौं भनेर गयो भने थोरै भएपनि सुधार आउने उनको विश्वास छ ।
सरकारले निर्माणको क्षेत्रमा तिर्न बाँकी ६० देखि ८० अर्ब रुपैयाँ मात्र दिने हो भने पनि बजार चलायमान हुने उनले बताए । प्रधानमन्त्री र मन्त्रीहरुमा युद्ध लड्दाको जस्तो मानसिकता हुनुपर्ने भएपनि त्यो नपाएको महामन्त्री थापाले बताए ।‘मलाई त आजभोलि प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आयो भने रिस उठ्छ त भन्दिन, नरमाइलो लाग्छ । फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ’, थापाले भने ।प्रधानमन्त्री र मन्त्रीहरुले युद्धको बेला झैँ काम गर्दा एउटा माहौल सिर्जना गर्न सकिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ चैत्र २०७९, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउँछ’ : गगन थापा
पुनर्गठित कांग्रेस लिएर चुनावमा जाऔं : गगन थापा
यस्तो छ गगन थापाले केन्द्रीय समितिमा राखेको प्रस्ताव (पुर्णपाठ)
महाधिवेशनको कार्यतालिका पेस गर्दै गगन थापा, पुसभित्रमा महाधिवेशन गर्ने कार्यतालिका
छठका कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु : गगन थापा
केन्द्रीय समितिमा सभापति देउवा अन्तिम पटक सहभागी हुनुभयो : गगन थापा