काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले गति लिन नसकेको बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले सरकारले दौडिन सुरु गरिनसकेको बताए ।‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ । तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ,’ उनले भने, ‘नागरिकमा भरोसा जगाउन सरकारले दौडिन सुरु गरेर गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु गर्यो भन्ने महसुस गराउन सक्नुपर्छ।
’यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको महामन्त्री थापाको गुनासो छ । राष्ट्रपति, प्रधानमन्त्रीले अत्यावश्यकबाहेक खर्च कटौती सुरु गर्नुपर्ने उनको सुझाव छ ।‘प्रधानमन्त्रीले भन्न सक्नुपर्छ, राष्ट्रपतिले भन्न सक्नुपर्छ, सचिवालयमा १२–१५ जना सल्लाहकार राख्ने सुविधा दिएको छ, म ३ जना वा ५ जना राख्छु’, महामन्त्री थापाले भने, ‘अत्यावश्यक बाहेक खर्च कटौती गर्दैछौं ।’विकास खर्च पहिलाभन्दा सुधार गर्छौं भनेर गयो भने थोरै भएपनि सुधार आउने उनको विश्वास छ ।
सरकारले निर्माणको क्षेत्रमा तिर्न बाँकी ६० देखि ८० अर्ब रुपैयाँ मात्र दिने हो भने पनि बजार चलायमान हुने उनले बताए । प्रधानमन्त्री र मन्त्रीहरुमा युद्ध लड्दाको जस्तो मानसिकता हुनुपर्ने भएपनि त्यो नपाएको महामन्त्री थापाले बताए ।‘मलाई त आजभोलि प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आयो भने रिस उठ्छ त भन्दिन, नरमाइलो लाग्छ । फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ’, थापाले भने ।प्रधानमन्त्री र मन्त्रीहरुले युद्धको बेला झैँ काम गर्दा एउटा माहौल सिर्जना गर्न सकिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ चैत्र २०७९, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी