चितवन । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस चितवनमा नेविसंघका नेतामाथि क्याम्पस हाताभित्रै कुटपिट भएकोले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै कार्यवाहक सभापति विवेक अर्याललाई कुटपिट भएकोले छानबिन गर्न माग गरेका हुन्। रामपुर क्याम्पसमा नेविसंघको बहिस्कारका बीच गत चैत १७ गते क्याम्पसमा स्ववियु चुनाव भएको थियो।
‘नेविसंघ रामपुर कृषि क्याम्पस खैरहनीका का.वा.सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्याललाई क्याम्पस हाताभित्रै आक्रमण गरिएको छ र उहाँ गम्भीर घाइते हुनु भएको छ। यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
चैत १७ मा प्रहरीको कुटपिटबाट स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र सुरज यादव गम्भीर घाइते भएको पनि कांग्रेसको दाबी छ । उक्त घटनाको यथार्थ छानबिनका साथै स्ववियु चुनाव रद्द गरी पुनः निर्वाचन गराउन कांग्रेसले माग गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)