यो चोटी वैशाख १० गते परिणाम बदलिन्छ : महामन्त्री शर्मा

सफल खबर संवाददाता

सोमबार, २० चैत्र २०७९, १५ : ०९
यो चोटी वैशाख १० गते परिणाम बदलिन्छ : महामन्त्री शर्मा

चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाख १० गते चितवन २ को परिणाम बदलिने बताएका छन् ।  सोमबार चितवन २ मा पार्टीका तर्फबाट जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ताअघि आयोजित कोण सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यो पटक वैशाख १० गते परिणाम बदलिने बताएका हुन् । 

‘यो चोटी वैशाख १० गते परिणाम बदलिन्छ । किनभने हामी १८ हजार भन्दा बढि मानिसले उता पर्मा लाएका थियौं । हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ’, शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस