काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थामा देखिएको समस्या समाधान गर्न आवश्यक सुझाव माग गरेको छ। राष्ट्र बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो।
सञ्चालक समितिको निर्णय बमोजिम आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरूको विषयमा अध्ययन गर्न गठन भएको समितिले अध्ययन कार्य प्रारम्भ गरेको राष्ट्र बैंकले जनाएको छ।
‘यस सन्दर्भमा यस विषयसँग सरोकार राख्ने सम्पूर्ण महानुभावहरूले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरूका बारे सुझाव पठाई सहयोग गरिदिनु हुन विनम्र अनुरोध छ’, राष्ट्र बैंकले भनेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ चैत्र २०७९, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन
राष्ट्र बैंकले एक वर्षका लागि २० अर्बको ऋणपत्र निष्कासन गर्दै, बोलकबोल आजै
व्यावसायिक कर्जा विलासिता प्रयोग नगर्न राष्ट्र बैंकको अनुरोध
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक