काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धनमा ६ मन्त्रालय रिक्त रहेका छन् ।
सातौँपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सत्ता साझेदारको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण मन्त्रिपरिषद्ले अझै पूर्णता पाएन ।
कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये आन्तरिक विवादका कारण चार मन्त्रालयमा मात्रै मन्त्री पठाएको छ । कांग्रेसको संस्थापनइतर समूहबाट कम्तीमा तीन मन्त्रालयको माग भए पनि सभापति शेरबहादुर देउवाले २ मन्त्रालय मात्र दिनेगरी निर्णय गरेपछि शेखर समूहले सरकारमा सामेल नहुने भन्दै मन्त्रीको नाम नपठाएको हो ।
सरकारको कामलाई प्रभावकारी बनाउन र नयाँ सांसदहरूलाई अवसर दिएर जान नेतृत्वलाई पटकपटक सुझाव दिए पनि खासै सुनुवाइ नभएको भन्दै कांग्रेसका सह महामन्त्री बद्री पाण्डेले भने– ‘हामीले भनेका छौं सम्मानजनक जिम्मेवारी हामीलार्ई दिइयोस् । हाम्रो तर्फबाट सरकारमा मन्त्री नपठाएपछि चार जनाले मात्रै शपथ लिनुभएको छ त्यसपछि नेताहरूबीच खासै कुरा भएको छैन । थप मन्त्री पठाउन केही समय लाग्न सक्छ ।’
कांग्रेसका ४ र बाँकी २ गरी ६ मन्त्रालयमा नेताहरू मिलाएर तत्काल मन्त्रिपरिषद् विस्तार सक्नुपर्ने चुनौती प्रधानमन्त्रीसामु छ ।
प्रधानमन्त्री प्रचण्डले जनताले महसुस गर्नेगरी काम गर्नका लागि मन्त्रालयले पूर्णता पाउन जरुरी रहेको बताउँदै आए तापनि सत्ता साझेदार दलहरूबीच समझदारी भइनसकेका कारण मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिन अझै केही ढिलाइ हुने देखिएको खबर नेपाल समाचारपत्रले छापेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ चैत्र २०७९, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति