काठमाडौँ। भक्तपुरका विभिन्न ठाउँबाट गोठमा बाँधिएका खसीबोका चोरी गरेर बिक्री गर्ने गिरो प्रकाउ परेका छन् । भक्तपुरबाट गिरोहमध्येका दुई जनासहित मासु पसल सञ्चालक पक्राउ परेका हुन् ।प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीका अनुसरा खसीबोका चोरी गरी बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न लैजाँदै गरेका ट्याक्सी चालक रामेछाप दोरम्बा–१ घर भई अहिले सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ र रामेछाप दोरम्बा–७ घर भई मध्यपुरथिमि बस्ने ४० वर्षीय मिलन तामाङलाई पक्राउ परेका छन्।
उनीहरुले काभ्रेपलाञ्चोकको विभिन्न आठ ठाउँबाट र भक्तपुरको १७ ठाउँबाट चार बोका र ३६ खसी गरी ४० खसीबोका चोरी गरेर बिक्री गरेका हुन् ।प्रहरीले चोरी भएका खसीबोका खरिद गरी मासु बिक्री गर्दै आएका रामेछाप मन्थली नगरपालिका–५ सुनारपानी घर भई अहिले काठमाडौँको पेप्सीकोला बस्दै आएका रामेछाप–उदयपुर मासु पसल सञ्चालक ४३ वर्षीय दिलबहादुर कार्कीलाई पनि पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ चैत्र २०७९, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ