भक्तपुर । भक्तपुर प्रहरीले खसीबोका चोरी गर्ने र चोरी भएको खसीबोका खरिद गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । रामेछाप दोरम्बा- १ घर भई हाल भक्तपुरको सूर्यविनायक वस्ने वर्ष २४ को सुमन तामाङ (ट्याक्सी चालक), दोरम्वा ७ घर भई हाल भक्तपुरको मध्यपुर थिमि बस्ने वर्ष ४० को मिलन तामाङ र रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल काठमाडौं पेप्सीकोलामा रामेछाप उदयपुर मासु पसल सञ्चालन गर्ने वर्ष ४३ को दिलबहदुर कार्की (मासु पसल सञ्चालक) गरी तीनजनालाई पक्राउ गरेको हो ।
बा. २ ज. ४३२७ नं.को ट्याक्सीमा १ वटा कालो बोकासहित पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्दा काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. ३ कुशादेवीको रितप्रसाद सापकोटाको घरबाट बोका चोरी ल्याएको र रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल काठमाडौं पेप्सीकोलामा रहेको रामेछाप उदयपुर मासु पसलका संचालक वर्ष ४३ को दिलबहादुर कार्कीलाई बेच्न हिडेको भन्नेसमेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।
मासुपसलका सञ्चालक कार्कीसमेतलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि चोरीमा संलग्न मानिसहरु, सवारी साधन (ट्याक्सी), बोकासमेत ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलान्चोकमा पठाइएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।साथै, हालसम्मको प्रारम्भिक अनुसन्धानमा काभ्रेपलान्चोकको विभिन्न ८ स्थान र भक्तपुरको १७ स्थानबाट ४ वटा बोका र ३६ वटा खसी चोरी भएको भन्ने समेत खुल्न आएको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ